पेस्तोल र गोलीसहित सिरहाबाट एक जना पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पेस्तोल र गोलीसहित सिरहाबाट एक जना पक्राउ


४ चैत्र २०७८, शुक्रबार


जनकपुरधाम । सिरहा प्रहरीले पेस्तोल र गोलीसहित आज (शुक्रबार) एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका ११ निवासी ४२ वर्षका ब्रहमदेब यादव छन् ।

बीआर ३२ एबी ०४४९ नम्बरको मोटरसाइकलमा सबार यादवलाई सोही वडाको आँप चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनको साथबाट मेड इन इटाली लेखिएको पेस्तोल एक थान र ५ राउन्ड गोलीसहितको एक थान म्याग्जिन बरामद भएको सिरहा प्रहरीका प्रवक्ता एवं डिएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

यादवलाई इलाका प्रहरी कार्यालय लहानको नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस