ड्रोनभित्र लुकाएर ल्याएको सुनसहित भुटानी शरणार्थी पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

ड्रोनभित्र लुकाएर ल्याएको सुनसहित भुटानी शरणार्थी पक्राउ


४ चैत्र २०७८, शुक्रबार


पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले ड्रोनभित्र लुकाएर एक सय ग्राम सुन ल्याएको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भुटानी शरणार्थीका रुपमा अमेरिका गएका अनिषहाङ बहिङ राई छन् ।

विमानस्थलका प्रमुख भन्सार प्रशासक महेश भट्टराईका अनुसार हिजो (बिहीबार) दिउँसो १२ बजेतिर उनी विमानस्थलबाट पक्राउ परेका हुन् ।

उनको ड्रोनभित्र क्यामराको लेन्स छेउमा अड्काएर राखेको अवस्थामा एक सय ग्राम सुन बरामद भएको छ’ भट्टराईले भने, ‘उनको लगेजमा रहेको जुत्ताभित्र पनि तीन वटा चाँदी जस्तो देखिने धातु बरामद भएको छ ।’

उक्त धातु ९३४ ग्राम रहेको भट्टराईले बताए । ‘उक्त धातु चाँदी नै हो कि होइन भन्ने परीक्षणका लागि प्रयोगशालामा पठाएका छौँ’ उनी भन्छन्, ‘उनले ल्याएको चार वटा आईफोन पनि बरामद भएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस