नायक शाहलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नायक शाहलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति


४ चैत्र २०७८, शुक्रबार


काठमाडौं । तनहुँ जिल्ला अदालतले बलात्कार सम्बन्धी मुद्दाको अनुसन्धानमा नायक पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

आज (शुक्रबार) अदालतले पाँच दिनको समय दिएको तनहुँ जिल्ला प्रहरी प्रवक्ता युवराज खड्काले जानकारी दिए ।

यसअघि पहिलो पटक ८ दिन र दोस्रो पटक १२ दिनको समय दिइएको थियो ।

यस पटक दिइएको समयभित्र प्रहरीले सरकारी वकिल कार्यालयमार्फत अदालतमा अभियोग पत्र दर्ता गरिसक्नुपर्ने छ ।

तनहुँ अदालतबाट म्याद लिइरहेकै समयमा पूर्वी नवलपरासी प्रहरीले पनि शाहविरुद्ध अनुसन्धान सकेर हिजो (बिहीबार) अदालतमा मुद्दा दर्ता गरेको थियो ।

एक नाबालिग गायिकाले बलात्कार गरेको भन्दै शाहविरुद्ध तनहुँ र पूर्वी नवलपरासी प्रहरीमा उजुरी दिएकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस