मकवानपुरमा बस दुर्घटना : दुई जनाको मृत्यु, ९ घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मकवानपुरमा बस दुर्घटना : दुई जनाको मृत्यु, ९ घाइते


४ चैत्र २०७८, शुक्रबार


काठमाडौँ । मकवानपुरमा शुक्रबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ९ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मृत्यु हुनेमा नुवाकोट तारकेश्वर नगरपालिका–४ का २२ वर्षीय सुवास श्रेष्ठ र सोही ठाउँका २९ वर्षीय शम्भु दराई मगर रहेका छन्।

हेटौँडाबाट चितवन जाँदै गरेको बा४ख ४४५४ नम्बरको यात्रुवाहक बस बिहान पौने ९ बजे मनहरी नगरपालिका – ६ मा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए।

घाइतेहरूलाई उपचारका लाथि चितवनस्थित अस्पताल पठाइएको र थप विवरण आउन बाँकी रहेको रिमालले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस