नेपाल बङ्गलादेशसँग ४–२ ले पराजित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेपाल बङ्गलादेशसँग ४–२ ले पराजित


४ चैत्र २०७८, शुक्रबार


काठमाडौँ — नेपालले भारतमा भइरहेको वुमेन्स साफ यु १८ च्याम्पियनसिपमा आफ्नो खराब प्रदर्शनलाई बिहीबार दोस्रो खेलमा पनि कायम राखेको छ । जमसेदपुरमा भएको खेलमा नेपाल दुई पल्टको डिफेन्डिङ च्याम्पियन बंगलादेशसँगको खेलमा ४–२ ले पराजित भएको हो ।

यो नेपालको लगातार दोस्रो हार हो । यसअघि आफ्नो पहिलो खेलमा नेपाल भारतसँग ७–० ले पराजित रहेको थियो । दोहोरो राउन्ड रोबिनको आधारमा चलिरहेको प्रतियोगितामा तीन टिमको सहभागिता रहेको छ र नेपाल विना कुनै अङ्क पुछारमा रहेको छ ।

बङ्गलादेशका लागि यस सिजनमा अफिदा खानडकार, अक्लिमा खातुन, इति खातुन र साहदा अख्तरले गोल गरे । नेपालका तर्फबाट दीपा शाही र अमिशा कार्कीले गोल गरे । पहिलो हाफको खेलमा नेपाल ४–१ ले पछाडि रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस