७३ राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गर्ने आयोगको निर्णय « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

७३ राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गर्ने आयोगको निर्णय


३ चैत्र २०७८, बिहिबार


काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दल बाहेकका ७३ वटा राजनीतिक दलहरूलाई आफ्नो दलको निर्वाचन चिन्ह प्रदान गर्ने निर्णय गरेको छ ।

यसअघि स्थानीय तहको निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दल बाहेकका प्रतिनिधिहरूले स्वैच्छिक चिन्ह लिएर उठ्नुपर्ने प्रावधान थियो । बिहीबार निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

७३ वटा राजनीतिक दलहरूलाई आफ्नो दलको निर्वाचन चिन्ह प्राप्त गर्नका लागि जिल्ला स्तरको सङ्गठन संरचना जिल्ला समितिको विवरण २०७८ को चैत्र ६ गतेभित्र पेस गर्न पत्राचार समेत गरेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस