गठबन्धनलाई कायम राख्न काँग्रेस प्रतिबद्ध छ : गृहमन्त्री खाँण « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

गठबन्धनलाई कायम राख्न काँग्रेस प्रतिबद्ध छ : गृहमन्त्री खाँण


३ चैत्र २०७८, बिहिबार


बुटवल । नेपाली काँग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाँणले सत्ता गठबन्धनलाई कायम राख्न काँग्रेस प्रतिबद्ध रहेको बताएका छन् ।

काँग्रेसका कतिपय नेताहरूबाट पार्टी एक्लै चुनाव लड्नुपर्ने धारणा बाहिर आइरहँदा गृहमन्त्री खाँणले गठबन्धनलाई साथमै राखेर काँग्रेस चुनावमा जान प्रतिबद्ध रहेको बताएका हुन् ।

काँग्रेसले रुपन्देहीको फार्साटिकरमा गरेको कार्यक्रममा नेता खाँणले अप्ठ्यारो परिस्थितिमा बनेको सत्ता गठबन्धनलाई कायमै राखेर काँग्रेस चुनावमा जान चाहेको बताए ।

उनले हालै संसदबाट पारित भएको एमसीसी परियोजनाको सफल कार्यान्वयन पछि पेट्रोलियम पदार्थको आयात प्रतिस्थापनमा मद्दत पुग्ने विश्वास समेत व्यक्त गरे ।

विद्युत् ट्रान्समिसन लाइन निर्माण र सडक स्तरोन्नतिको लागि एमसीसी स्वीकार गरिएको बताउँदै उनले पेट्रोलियम पदार्थको मूल्यसँगै आयात पनि वृद्धि भइरहेको अवस्थामा विद्युतीय उपकरणको प्रयोग गरेर पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्न एमसीसीको महत्त्वपूर्ण भूमिका हुने बताए ।

एमसीसी परियोजनाको माध्यमबाट आउने अनुदानले नेपालको गरिबी घटाउन समेत मद्दत पुग्ने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस