प्रतितोला ५०० रुपैयाँले बढ्यो सुनको मूल्य « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

प्रतितोला ५०० रुपैयाँले बढ्यो सुनको मूल्य


३ चैत्र २०७८, बिहिबार


काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको प्रतितोला मूल्य ५०० रुपैयाँले वृद्धि भएको छ ।

सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाला सुनको प्रतितोला मूल्य ९९ हजार ८०० रुपैयाँ पुगेको छ ।

हिजो (बुधबार) छापावाला सुनको प्रतितोला मूल्य ९९ हजार ३०० रुपैयाँ थियो ।

बिहीबार तेजाबी सुनको प्रतितोला मूल्य ९९ हजार ३०० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

बिहीबार चाँदीको प्रतितोला मूल्य पनि २० रुपैयाँले बढेर १३९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

बुधबार चाँदीको प्रतितोला मूल्य १३७० रुपैयाँमा कारोबार भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस