सहकारीलाई महानगरको सहयोग « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सहकारीलाई महानगरको सहयोग


३ चैत्र २०७८, बिहिबार


चितवन । भरतपुर महानगरपालिकाले रोजगारी सिर्जना तथा सहकारी प्रवर्द्धन कार्यक्रमअन्तर्गत सहकारी सङ्घ संस्थालाई अनुदानस्वरुप विभिन्न सामग्री हस्तान्तरण गरेको छ ।

महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले सहकारीकर्मीलाई सामग्री हस्तान्तरण गरेकी हुन् ।

महानगरभित्रका सात सहकारीलाई महानगरबाट अनुदानस्वरुप रु १७ लाख बराबरको सामग्री प्रदान गरेको हो ।

समाज उत्थान कृषि सहकारी संस्था भरतपुर–२१ र सर्वोदय बहुउद्देश्यीय सहकारी संस्था भरतपुर–६ लाई रु पाँच/पाँच लाख बराबरका तोरी मिल प्रदान गरिएको छ ।

त्यस्तै भागिरथी दुग्ध उत्पादक सहकारी संस्थालाई रु दुई लाखको सामग्री, नवसुन्दर बहुउद्देश्यीय सहकारी संस्था भरतपुर–१४ लाई रु एक लाख ५० हजारको कम्प्युटर इन्भटर र प्रिन्टर, चितवन जिल्ला बचत तथा ऋण सहकारी संस्थालाई रु एक लाखको कम्प्युटर तथा प्रिन्टर प्रदान गरिएको हो ।

त्यस्तै उज्ज्वल बहुउद्देश्यीय सहकारी संस्था भरतपुर–१४ लाई रु एक लाख ५० हजारको कम्प्युटर, प्रिन्टर र फोटोकपी मेसिन, आत्मनिर्भर सामाजिक उद्यमी महिला सहकारी संस्था भरतपुर–२४ लाई रु एक लाखको कम्प्युटर र प्रिन्टर प्रदान गरिएको महानगरको सहकारी शाखाकी विष्णु आचार्य घिमिरेले जानकारी दिए ।

महानगर देशकै सहकारीको जननी भएकाले महानगरभित्र राम्रो गरेका सहकारीको स्तर विकासका लागि सहयोग प्रदान गरिएको महानगर प्रमुख दाहालको भनाइ छ ।

सहकारीले समाजमा भएको गरिबीलाई घटाउन योगदान दिएकाले आफूहरूले पनि सहकारीको विकासमा ध्यान दिएको उपप्रमुख शाह ठकुरीले बताइन् ।

महानगरको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखा प्रमुख तेजेन्द्र पौडेलले महानगरले कृषि क्षेत्रको विकासमा धेरै ठुलो लगानी गरी परिणाममुखी काम गरेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस