साफ यु–१८ महिला च्याम्पियनसिप : नेपाल र बङ्गलादेश भिड्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

साफ यु–१८ महिला च्याम्पियनसिप : नेपाल र बङ्गलादेश भिड्दै


३ चैत्र २०७८, बिहिबार


काठमाडौँ। भारतमा जारी यु–१८ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज बिहीबार बङ्गलादेशसँग खेल्दैछ ।भारतको जमसेदपुरमा नेपाल र बङ्गलादेशबिच खेल बेलुका सवा ७ बजे सुरु हुनेछ ।

प्रतियोगिताको पहिलो खेलमा भारतसँग पराजित भएको नेपाल पहिलो जितको खोजीमा हुनेछ । बङ्गलादेश पनि नेपाललाई हराएर सुखद सुरुआत गर्न चाहन्छ ।

पहिलो खेलमा नेपाल आयोजक भारतसँग ७–० ले पराजित भएको थियो ।

डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बङ्गलादेशको सहभागिता रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस