जलविद्युतकाे उपयोग बढाउन मन्त्री भुसालको आग्रह « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

जलविद्युतकाे उपयोग बढाउन मन्त्री भुसालको आग्रह


२ चैत्र २०७८, बुधबार


पर्सा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले डिजेल, पेट्रोल, खाना पकाउने एलपी ग्यासजस्ता जैविक इन्धनको प्रयोगलाई कम गर्दै आफ्नै देशमा उत्पादन भएको जलविद्युत्को प्रयोगलाई बढाउन सबैमा आग्रह गरेकी छन् ।

मधेस प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय र मधेसी शहीद प्रतिष्ठानले आज वीरगन्जमा आयोजना गरेको शहीद परिवारको सम्मान तथा चेक हस्तान्तरण कार्यक्रममा मन्त्री भुसालले जैविक इन्धनको प्रयोगले पर्यावरणलाई ठुलो नोक्सानी भएको उल्लेख गरिन् ।

नेपालको ठुलो धनराशि इन्धनको आयातमा खर्च हुने गरेकाले आफ्नै देशमा उत्पादन भएको बिजुलीको उपयोग गर्न उनले आग्रह गरिन् ।

‘भान्सा होस वा वाहन होस, सिँचाइका लागि होस वा उद्योगका लागि । इन्धनको सट्टा बिजुलीको उपयोग बढाउनु पर्छ’, उनले भनिन । शहीद परिवारलाई तीन लाख सहयोग गर्ने मधेस प्रदेश सरकारको निर्णय प्रशंसायोग्य रहेको मन्त्री भुसालको भनाइ थियो । कार्यक्रममा पर्साका १८ परिवारलाई मन्त्री भुसालले कदर पत्र र एक लाखको चेक हस्तान्तरण गरिन् ।

शहीद परिवारलाई प्रतिमहिना तीन हजार उपलब्ध गराउने नेपाल सरकारले निर्णय गरिसकेको र केही दिनभित्र सो रकम उपलब्ध गराइने उनले जानकारी दिइन् ।

मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले विकास र समृद्धिको लक्ष्य हासिल गर्न तीनै तहको सरकार प्रयत्नशील रहेको बताए

Tags :
प्रतिक्रिया दिनुहोस