मन्त्री आलेसँग राजदूत म्यानुयल मिक्यालरको शिष्टाचार भेट « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मन्त्री आलेसँग राजदूत म्यानुयल मिक्यालरको शिष्टाचार भेट


२ चैत्र २०७८, बुधबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत म्यानुयल मिक्यालरले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको सो भेटमा द्विपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको मन्त्री आलेको सचिवालयले जनाएको छ ।

सो भेटवार्ताका क्रममा मन्त्री आलेले अमेरिकी सरकारले नेपालको विकासलगायतका विविध क्षेत्रका साथै कोरोना भाइरसविरुद्ध लड्नका लागि गरेको सहयोगको सराहना गरे ।

कार्यवाहक राजदूत मिक्यालरले नेपालमा पर्यटन प्रवर्द्धन, कला संस्कृति तथा नागरिक उड्डयनका क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगलाई निरन्तरता दिने बताएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस