पीएनजीविरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल, सागर ढकालको डेब्यू « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पीएनजीविरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल, सागर ढकालको डेब्यू


२ चैत्र २०७८, बुधबार


काठमाडौं । विश्वकप क्रिकेट लिग टु अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको आफ्नो पहिलो खेलमा नेपालले पपुवा न्युगिनीविरुद्ध खेल्दैछ । युएईको सारजाँह रङ्गशालामा नेपालले टस हारेपछि पहिले फिल्डिङ गर्ने भएको छ ।

६ महिनापछि एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको नेपालको टिममा आज सागर ढकालले एकदिवशीय अन्तर्राष्ट्रिय डेब्यू गर्दै छन् । अफ स्पिनर सागरले अघिल्लो महिना चार देशीय शृङ्खला अन्तर्गत ओमानसँगको खेलमा टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका थिए । घरेलु क्रिकेटमा विभागीय टोली नेपाल पुलिसबाट खेल्ने उनले दुई वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । दुवै ओमानसँग हो ।

नेपाली टोलीमा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, मोहम्मद आरिफ शेख, मोहम्मद आसिफ शेख, सागर ढकाल, करण केसी, विनोद भण्डारी, रोहितकुमार पौडेल र सोमपाल कामी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस