पुनः तनहुँ लगियो पललाई « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पुनः तनहुँ लगियो पललाई


१ चैत्र २०७८, मंगलबार


काठमाडौँ । बलात्कार आरोपमा पक्राउ परेका नायक पल शाहलाई पुनः तनहुँ लगिएको छ।

जिल्ला प्रहरी कार्यालय गैँडाकोटमा उनको बयान लिएपछि मङ्गलवार (आज) पुनः तनहुँ ल्याइएको प्रहरीले जनाएको छ।

एक नाबालिकाले शाहविरुद्ध बलात्कार गरेको आरोपमा किटानी जाहेरी दर्ता गराएकी थिइन्। शाह फागुन १५ गते पक्राउ परेका हुन्।

चैत ४ गतेसम्म शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस