प्रधानमन्त्री देउवासँग साउदी विदेशमन्त्रीको भेटवार्ता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधानमन्त्री देउवासँग साउदी विदेशमन्त्रीको भेटवार्ता


१ चैत्र २०७८, मंगलबार


काठमाडौँ । नेपालको दुई दिने भ्रमणमा रहेका साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैसल बिन फरहान अल साउदले आज (मंगलबार) प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

हिजो (सोमबार) श्रीलङ्काबाट नेपाल आइपुगेका साउदी राजकुमार फैसल प्रधानमन्त्री देउवाबीच मंगलबार बालुवाटारमा शिष्टाचार भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटमा आपसी सहकार्य र द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।

त्यसअघि परराष्ट्रमन्त्री नारायण खड्का र साउदीका विदेशमन्त्रीसमेत रहेका राजकुमार फैसलबीच परराष्ट्र मन्त्रालयमा पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस