नेपाल र साउदी अरबबिच ‘जनरल को–अपरेसन एग्रिमेन्ट’मा हस्ताक्षर « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेपाल र साउदी अरबबिच ‘जनरल को–अपरेसन एग्रिमेन्ट’मा हस्ताक्षर


१ चैत्र २०७८, मंगलबार


काठमाडौं । नेपाल र साउदी अरबबिच जनरल को–अपरेसन एग्रिमेन्ट (सहयोग सम्झौता) मा हस्ताक्षर भएको छ ।

मङ्गलवार बिहान सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको नेपाल र साउदी अरब परराष्ट्रमन्त्री स्तरीय बैठकमा उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदीका तर्फबाट साउदी विदेशमन्त्री फैसल बिन फरहान अल साउदले हस्ताक्षर गरेका छन् । दुई दिने नेपाल भ्रमणको सिलसिलामा साउदी अरबका विदेशमन्त्री तथा साउदी राजकुमार साउद सोमबार काठमाडौं आइपुगेका हुन् ।

उनले आज नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस