नेकपा एसले निर्वाचनसम्म गठबन्धन जोगाउन बेग्लै संयन्त्र बनाउने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेकपा एसले निर्वाचनसम्म गठबन्धन जोगाउन बेग्लै संयन्त्र बनाउने


१ चैत्र २०७८, मंगलबार


काठमाडौं । सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) ले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्नेबारे संवाद गर्न छुट्टै संयन्त्र बनाउने भएको छ ।

पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सचिवालय बैठकबाट संयन्त्र बनाइने जानकारी दिए । सचिवालय बैठकको मिति भने टुङ्गो लाग्न बाँकी छ ।

दुई दिनभित्र बैठक बस्ने तयारी भइरहेको खतिवडाले बताए । स्थानीय निर्वाचनमा एकीकृत समाजवादी गठबन्धन बनाएर जानुपर्ने पक्षमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस