दुर्घटनामा परी मृत्यु भएका परिवारलाई जनही एक लाख दिने « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

दुर्घटनामा परी मृत्यु भएका परिवारलाई जनही एक लाख दिने


३० फाल्गुन २०७८, सोमबार


खाँदबारी । सङ्खुवासभाको मादी नगरपालिकाले बस दुर्घटनामा मृत्यु भएका १५ जनाको परिवारलाई जनही एक लाख दिने भएको छ ।

मादी नगरपालिकाको आज बसेको कार्यपालिकाको बैठकले मृतकका परिवारलाई जनही एक लाख दिने निर्णय गरेको नगर प्रमुख विदुरकुमार लिंथेपले बताए । यस्तै बैठकले घाइतेलाई उपचार खर्च जनही ५० हजारसमेत दिने उनले बताए ।

गत बिहीबार बिहान मादी–६ स्थित सात घुम्तीमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो । दुर्घटनामा चार जना घाइतेसमेत भएका थिए । मृतक र घाइतेको सम्झनामा भुमेश्वर महादेवको स्मारकसमेत बनाउने निर्णय पनि गरिएको छ ।

स्मारकमा घाइते र मृतकको नाम लेखिनेछ । मादीको ओखर बोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बा४ख ७३५ नम्बरको बस मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा दुर्घटना भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस