प्रभु लाइफका सीईओले दिए राजीनामा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रभु लाइफका सीईओले दिए राजीनामा


३० फाल्गुन २०७८, सोमबार


काठमाडौँ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणप्रसाद पौडेलले राजीनामा दिएका छन् ।

पौडेलले आगामी १ वैशाख २०७९ देखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् ।

नेपाल राष्ट्र बैङ्कको कार्यकारी निर्देशकबाट अवकाश पाएपछि पौडेलले बिमा कम्पनीमा जागिर खान गएका थिए ।

राष्ट्र बैङ्कका पूर्व प्रवक्ता समेत रहेका पौडेलले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको बताइएको छ । उनले चैत महिनाभर भने कम्पनीमा काम गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस