ऋषभ पन्तले कपिल देवको ४० वर्ष पुरानो कीर्तिमान तोडे « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ऋषभ पन्तले कपिल देवको ४० वर्ष पुरानो कीर्तिमान तोडे


३० फाल्गुन २०७८, सोमबार


काठमाडौँ । ऋषभ पन्त भारतीय टिमका लागि टेस्ट फर्म्याटमा सबैभन्दा छिटो अर्धशतक बनाउने कीर्तिमान बनाएका छन्।

श्रीलंकाविरूद्धको दोस्रो इनिङ्समा २८ बलमा अर्धसतक बनाउँदै कीर्तिमान बनाएका हुन्। योसँगै पन्तले पूर्व कप्तान कपिल देवको ४० वर्ष पुरानो कीर्तिमान तोडेका छन्।

कपिलले सन् १९८२ मा पाकिस्तानविरुद्ध ३० बलमा अर्धशतक बनाएका थिए। टेस्ट क्रिकेटमा पन्तको नवौँ र श्रीलंकाविरूद्ध दोस्रो अर्धशतक हो।

यस सिरिजमा उनले ३ इनिङ्समा ६१.६७ को औसतमा १८५ रन बनाएका थिए। पन्तले पहिलो इनिङ्समा २६ बलमा ३९ रन बनाएका थिए। ३० टेस्टको ५१ इनिङ्समा पन्तले अहिलेसम्म ४४ छक्का प्रहार गरेका छन्।

श्रीलंकाविरूद्धको दोस्रो टेस्टमा भारतले ४४७ रनको लक्ष्य दिएको छ।

श्रीलङ्कालाई पहिलो पारिमा १०९ रनमा रोकेको भारतले दोस्रो पारिमा ९ विकेट गुमाएर ३०३ रन बनाउँदा पारि समाप्त गरेको घोषणा गरेको हो।

भारतका लागि दोस्रो पारिमा श्रेयस अय्यर र ऋषभ पन्तले अर्धशतकीय इनिङ्स खेले। कप्तान रोहित शर्मा ४ रनले अर्धशतक पुरा गर्न चुके। अय्यरले ६७ रन बनाउँदा पन्तले ५० रन बनाएर आउट भए।

हनुमा विहारीले ३५ रन बनाउँदा मंयक अग्रवाल र रवीन्द्र जडेजाले २२–२२ रनको योगदान गरे। यसैगरी विराट कोहली र रविचन्द्र आश्विनको नाममा १३–१३ रन हुँदा मोहम्मद सामी भने १६ रनमा नट आउट रहे।

श्रीलङ्काका लागि प्रविन जय विक्रमाले सर्वाधिक ४ विकेट लिए। यस्तृ लासिथ इम्बुलडिनियाले ३ विकेट लिँदा विश्व र धनञ्जयले समान १(१ विकेट लिए।

यसअघि घरेलु टोलीलाई २५२ रनमा समेटेर पहिलो पारि सुरु गरेको श्रीलङ्का १०९ रनमा समेटियो।

श्रीलङ्काका लागि एंगेलो म्याथ्युजले सर्वाधिक ४३ रन बनाउँदा निरोशन डिकवालाले २१ रन बनाए। धनञ्जय डी सिल्भाले १० रन बनाउँदा अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । श्रीलङ्कालाई सस्तैमा समेट्न भारतका जसप्रित बुमराहले ५ विकेट लिँदा रविचन्द्र आश्विन र मोहम्मद सामीले दुई दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले पहिलो पारिमा जम्मा २५२ रन मात्रै बनाउन सकेको थियो। भारतका लागि श्रेयस अय्यरले सर्वाधिक ९२ रन बनाएका थिए।

ऋषभ पन्तले ३९ रन जोड्दा हनुमा विहारीले ३१ तथा विराट कोहलीले १५ रन जोडेका थिए।

श्रीलङ्काका लासिल इमबुलडिनिया र प्रभिन जयविक्रमाले समान ३–३ विकेट लिएका थिए।

यसअघि पहिलो टेस्टमा भारत विजयी हुँदै सिरिजमा १–० को अग्रता लिइसकेको छ। पहिलो खेलमा भारत एक पारी र २२२ रनले विजयी भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस