काँग्रेस आफ्नै कार्यलाई प्रचार गर्नमा चुकेको छ : महामन्त्री शर्मा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काँग्रेस आफ्नै कार्यलाई प्रचार गर्नमा चुकेको छ : महामन्त्री शर्मा


२९ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसले आफ्नै कार्यलाई प्रचार गर्नमा चुकेको टिप्पणी गरेका छन्।

चुनावी प्रचार अभियानको पहिलो दिन उदयपुरमा बोल्ने क्रममा महामन्त्री शर्माले काँग्रेसकै कार्यकर्ताले पनि कम्युनिस्ट गरेका काम देख्ने तर आफ्नै दलले गरेका कार्य नदेख्ने प्रवृत्ति रहेको बताए । शर्माले भने, ‘काम गरेकै आधारमा नागरिकले मत दिने हो। काँग्रेसले गरेका कार्य बुझाऔँ।’

चुनावी अभियानको प्रारम्भमा निर्वाचनको माहोल बनाउन उनले कार्यकर्तालाई सुझाए। माहोल बनाइसकेपछि काँग्रेस जिताउन सक्रियातापूर्वक लाग्न उनले आग्रह गरे। निर्वाचन स्वस्थ प्रतिस्पर्धात्मक बनाउने कार्यमा लाग्न शर्माले कार्यकर्तालाई अुनरोध गरे ।

काँग्रेसमा सक्रिय सबै कार्यकर्तालाई उचित जिम्मेवारीसहित निर्वाचन प्रचारमा खटाउने नीति पार्टीले लिएको शर्माले सुनाए। शर्माले जिम्मेवारीको भारीलाई कुशलतापूर्वक निर्वाह गर्न सुझाव दिए।

Tags :
प्रतिक्रिया दिनुहोस