आफ्नै आमाको हत्या आरोपमा छोरा पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आफ्नै आमाको हत्या आरोपमा छोरा पक्राउ


२९ फाल्गुन २०७८, आइतबार


काठमाडौँ। नुवाकोटमा आफ्नै आमाको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको ककनी गाउँपालिका–१ नयाँ बस्तीका ३३ वर्षीय भीमबहादुर बलामीलाई ६५ बर्सिया आमा कान्छी बलामीको हत्या आरोपमा प्रहरीले शनिवार राति पक्राउ गरेको हो ।

भीमबहादुरले रक्सी खाएर घनले टाउकोमा हानेर आमाको हत्या गरेको प्रहरीको आरोप छ । उनको शव घरभित्रै पत्करले छोपेको अवस्थामा भेटिएको थियो ।

स्थानीयले सूचना दिएपछि प्रहरी चौकी ओखर पौवा र प्रहरी चौकी ककनीबाट खटिएको प्रहरी टोलीले भीमबहादुरलाई पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस