गृहमन्त्रीलाई रुपन्देहीमा कालो झन्डा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गृहमन्त्रीलाई रुपन्देहीमा कालो झन्डा


२८ फाल्गुन २०७८, शनिबार


बुटवल । जनमत पार्टीका कार्यकर्ताले रुपन्देहीमा गृहमन्त्री बालकृष्ण खाँणलाई कालो झन्डा देखाएका छन् ।

शनिवार लुम्बिनीमा अस्पताल शिलान्यास गरेर पार्टीको कार्यक्रममा सहभागी हुन जानेक्रममा रुपन्देहीको धकधई बजार नजिकै गृहमन्त्री खाँणलाई जनमत पार्टीका नेता कार्यकर्ताले कालो झन्डा देखाएका हुन् ।

किसान आन्दोलनका माग सम्बोधन नगरेको, स्थानीय निर्वाचनमा दलीय चुनाव चिह्नमा सिन्डिकेट लादेको लगायतका ११ बुँदे मागका विषयमा सरकारले बेवास्ता गरेको विरोधमा कालोझण्डा देखाइएको जनमत पार्टीका एक नेताले बताएका छन् ।

कालो झन्डा देखाउने नेता तथा कार्यकर्ताहरूलाई प्रहरीले रोके पनि कसैलाई पक्राउ भने नगरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस