कमल थापाले छोडेपछि पार्टी बलियो बन्यो : राजेन्द्र लिङ्देन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कमल थापाले छोडेपछि पार्टी बलियो बन्यो : राजेन्द्र लिङ्देन


२८ फाल्गुन २०७८, शनिबार


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापाले पार्टी परित्याग गरेर राप्रपालाई थप बलियो बनाउन मद्दत गरेको बताएका छन् ।

सुर्खेत विमानस्थलमा शनिवार बिहान पत्रकारहरूसँग कुरा गर्दै उनले भने,’उहाँले पार्टी छोड्दा राप्रपा थप बलियो बनेको छ । अझ बलियो शक्तिका रूपमा बदल्ने सङ्कल्पका साथ अघि बढ्ने प्रेरणा मिलेको छ । यसले पार्टीलाई क्षति पुर्‍याएको छैन ।’

साथै उनले आगामी वैशाख ३० को स्थानीय तहको निर्वाचनलाई राप्रपाले शक्ति प्रदर्शन गर्ने माध्यमाका रूपमा लिएको पनि बताए । ‘राप्रपाको शक्ति कति छ ? भन्ने स्थानीय तहको निर्वाचनमा थाहा हुन्छ’ उनले भने, ‘अब जुन ठाउँमा राप्रपाले जित्छ, त्यही ठाउँबाट फरक खालको राजनीतिक संस्कार बसाल्छ ।’

स्थानीय तहमा राप्रपाले जितेका ठाउँमा छुट्टै मोडालिटी तयार गरिने अध्यक्ष लिङ्देनले बताए । अहिले भ्रष्टाचार स्थानीय तहसम्म पुगेको र भ्रष्टाचाररहित स्थानीय तहको रूपमा विकास गराउन राप्रपा चुनाव लक्षित भएको बताए ।

अध्यक्ष लिङ्देन् पार्टीको आमसभालाई सम्बोधन गर्न वीरेन्द्रनगर पुगेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस