वडाध्यक्षलाई दुर्व्यवहार गरेको आरोपमा २ जना पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

वडाध्यक्षलाई दुर्व्यवहार गरेको आरोपमा २ जना पक्राउ


२८ फाल्गुन २०७८, शनिबार


काठमाडौँ । चितवनको कालिका नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष टीका रिजाललाई दुर्व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय टाँडीका अनुसार वडाध्यक्ष रिजाललाई दुर्व्यवहार गरेको आरोपमा भन्डाराका गुणराज श्रेष्ठ र अर्का एक जनालाई पक्राउ गरिएको हो ।

यही फागुन २३ गते वडा कार्यालयमा सेवाग्राहीसँग बसिरहेका बेला वडाध्यक्ष रिजालमाथि ६–७ जना रहेको समूहले दुर्व्यवहार गरेको थियो ।

पक्राउ परेकाहरू विप्लव नेतृत्वको नेकपा छोडेका र विप्लवको नामबाट धम्काउने गिरोहका सदस्य भएको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ । उनीहरूको समूहका अन्य व्यक्तिलाई पनि चाँडै नै पक्राउ गरिने प्रहरीले जनाएको छ ।

वडाध्यक्षलाई दुर्व्यवहार गरेको विरोधमा कालिका नगरपालिकाले फागुन २५ गते एक दिन सेवासमेत बन्द गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस