प्रधानमन्त्रीलाई चुनौती–हाम्रो पैसा ब्याज सहित दिनुस्,सरकारको पैसा तुरुन्तै तिर्छौँ « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

प्रधानमन्त्रीलाई चुनौती–हाम्रो पैसा ब्याज सहित दिनुस्,सरकारको पैसा तुरुन्तै तिर्छौँ


२७ फाल्गुन २०७८, शुक्रबार


काठमाडौं । निर्माण व्यवसायीलाई सरकार र मिडिया मात्र होइन जनावरले समेत दुःख दिन थालेको भन्दै काँग्रेस सांसद समेत रहेका ठेकेदार जिप छिरिङ लामाले प्रधानमन्त्रीकै सामुन्ने चर्को विरोध गरेका छन् । निर्माण व्यवसायी महासङ्घको साधारण सभामा लामा आक्रामक रूपमा प्रस्तुत भए ।

प्रधानमन्त्री र मन्त्रीहरूको ध्यानाकर्षण गराउँदै लामाले सरकारले निर्माण व्यवसायीको साढे ६ प्रतिशत भ्याट काटेर त्यो रकम नदिई व्यवसायीको नाम कालोसूचीमा राख्ने र जरिवानासहित सूचना निकाल्ने काम गरेको भन्दै आपत्ति जनाए ।

उनले भने,’आज हाम्रो साढे ६प्रतिशत भ्याट काटेर सरकारको खातामा हाम्रो ७ अर्ब राखेको छ । उता हामी ३ सय जनाको जरिवाना र नाम निकालेको छ । यो कहीँ हुन्छ ? म प्रधानमन्त्रीज्यूलाई भन्छु, हाम्रो पैसा फिर्ता चाहियो, सरकारको पैसा हामी तिर्छौँ । तत्काल निर्णय गर्नु पर्‍यो । हामीलाई पनि ब्याजसहित चाहिन्छ हाम्रो पैसाको । हाम्रो घर खेत गइसक्यो । हिजो मैले डी क्लासबाट सुरु गरेँ,अहिले ए क्लासमा छु तर अब डी क्लासमा झर्न लागेको छु । मेरो दुःख कसले देख्छ ।’

सांसद लामाले हुँदा हुँदा कुनै जनावर मर्दा समेत निर्माण व्यवसायीलाई हतकडी लगाइन थालेको बताए । उनले हालै चितवनमा निर्माणाधीन सडकको नालीमा परेर गैँडा मरेको दृष्टान्त दिँदै कर्मचारीले गरेको लापरबाहीको दोषी ठेकेदारलाई बनाइएको बताए ।

लामाले भने,’ कर्मचारी जागिर खाएर मोज गर्ने,उसको जनावर सडकमा छाडेर हामीलाई दोष लाउने रु यो कानुन संशोधन गर्नुपर्छ,त्यो कर्मचारीको जिम्मामा भएको चिज तलमाथि भए त्यसैलाई कारबाही गर्नुपर्छ । अर्काको चीज ल्याएर हामीले बनाएको सडकमा खस्यो भने हामीलाई कारावही गर्ने रु हामीले सबैको बोझ बोक्नुपर्ने ?’

लामाले बोल्दा निर्माण व्यवसायीहरूले ताली बजाएर समर्थन गरेका थिए । अन्तिममा उनले आफू मन्त्रीको दाबेदार रहेको भन्दै धेरै बोल्दा प्रधानमन्त्री रिसाउने भनेर भाषण टुङ्ग्याएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस