आयोगले दियो ७९ दललाई स्थानीय तह निर्वाचनका लागि मान्यता « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

आयोगले दियो ७९ दललाई स्थानीय तह निर्वाचनका लागि मान्यता


२६ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि ७९ दललाई मान्यता दिएको छ ।

आयोगको बिहीबार बसेको बैठकले ऋषि कट्टेल नेतृत्वको नेकपाबाहेक निवेदन दिएका अन्य सबै दललाई निर्वाचनमा भाग लिने मान्यता दिएको हो ।

आयोगमा १ सय १० दल दर्ता भए पनि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ८० दलले निवेदन दिएका थिए । आयोगले फागुन ५ देखि १५ गतेसम्म दल दर्ता आह्वान गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस