म्यादी प्रहरीमा भर्ना खुलेको छैन : नेपाल प्रहरी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

म्यादी प्रहरीमा भर्ना खुलेको छैन : नेपाल प्रहरी


२६ फाल्गुन २०७८, बिहिबार


एक हबल्दार, पाँच सहायक हबल्दारसहित २२ जना प्रहरी सम्पर्कविहीन

काठमाडौँ । नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना नखुलाइएको स्पष्ट गरेको छ।

प्रहरी प्रधान कार्यालयले बिहीबार एक सूचनामार्फत भर्नासम्बन्धी हालसम्म कुनै सूचना प्रकाशित नगरिएको स्पष्ट गरेको हो।

प्रहरी प्रवक्ता विष्णु कुमार केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय तह निर्वाचन २०७९ को लागि सुरक्षार्थ आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना जारी भएको भनी सामाजिक सञ्जालमा राखिएको पाइएकोले प्रहरी प्रधान कार्यालयबाट हालसम्म त्यस्तो सूचना प्रकाशित–प्रसारित नगरिएको ब्यहोरा जानकारी गराउँदछौँ । आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना नेपाल प्रहरीको वेबसाइट र सार्वजनिक सञ्चार माध्यममा भविष्यमा प्रकाशित हुने ब्यहोरा समेत जानकारी गराउँदछौँ।’

बुधवार म्यादी प्रहरीमा भर्ना खुला गरिएको भन्दै ‘फेक’ सूचना सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस