बारा काँग्रेसको सभापतिका लागि पुनः मतदान हुने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बारा काँग्रेसको सभापतिका लागि पुनः मतदान हुने


२६ फाल्गुन २०७८, बिहिबार


कलैया । नेपाली काँग्रेस बाराको बुधबार सम्पन्न निर्वाचनको सभापति पदको नतिजा सार्वजनिक भएको छ ।

कूल दुई हजार ४९३ मतदाता रहेकामा जम्मा दुई हजार ४०० मत खसेको प्रमुख निर्वाचन अधिकृत राजकुमार उप्रेतीले जानकारी दिए ।

सभापतिका उम्मेदवार राजेशराय यादवले ८३३ मत सहित पहिलो, शम्भुबहादुर बुढाथोकी ८०९ मतसहित दोस्रो र रमानन्द यादव ७०८ मतसहित तेस्रो स्थानमा आएका छन् । निर्वाचन अधिकृत उप्रेतीले २८ मत बदर भएको जानकारी दिए ।

यस निर्वाचनमा ५१ प्रतिशत मत हाँसिल गर्न कुनै पनि उम्मेदबारले नसकेपछि दोस्रो चरणमा मतदान हुने भएको छ ।

बिहीबार दुई उम्मेदवारबीच छलफल गरेपछि अर्को निर्वाचनको मिति तोक्ने निर्वाचन अधिकृत उप्रेतीले जानकारी दिए । सम्भवत फागुन २७ गते नै निर्वाचन गर्ने गरी छलफल अगाडि बढाइएको निर्वाचन अधिकृत उप्रेतीको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस