बागलुङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बागलुङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


२६ फाल्गुन २०७८, बिहिबार


गलकोट । बागलुङको निसीखोला गाउँपालिकामा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

ध२प १९२१ नंको मोटरसाइकल दुर्घटना हुँदा निसीखोला–३ का ४२ वर्षीय देवीराम खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए ।

झिवाखोलाबाट याङम्याङतर्फ जाने क्रममा गहतेरा खोला नजिकै दुर्घटना भएको हो ।

मोटरसाइकल सडकबाट करिब २०० मिटर तल खोलामा खसेको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस