हेटौँडा सिमेन्टको महाप्रबन्धकका लागि १२ जनाको उम्मेदवारी स्वीकृत « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

हेटौँडा सिमेन्टको महाप्रबन्धकका लागि १२ जनाको उम्मेदवारी स्वीकृत


२६ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हेटौँडा सिमेन्ट उद्योगको महाप्रबन्धक पदका लागि १२ जनाको आवेदन स्वीकृत गरेको छ ।

छनोट समितिको बुधवार बसेको बैठकले प्राप्त दरखास्त मध्ये स्वीकृत उम्मेदवारलाई अन्तर्वार्तामा बोलाउने निर्णय गरेको हो ।

समितिले भरत रेग्मी, उदयकुमार गुप्ता, कुमार खड्का, कृष्णप्रसाद यादव, घनश्याम न्यौपाने र दिनेशकुमार यादवलाई अन्तर्वार्ताका लागि छनोट गरेको छ ।

यस्तै नवीनकुमार कर्ण, वसन्तकुमार पाण्डे, भूपेन्द्रप्रसाद अर्याल, राजकुमार चौधरी, राम किसुन गिरी र सन्तोषकुमार तामाङ पनि अन्तर्वार्ताका लागि बोलाइएका उम्मेदवार हुन् । अन्तर्वार्ताको समय तालिका पछि सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस