मेक्सिकोमा गोली हानी १० जनाको हत्या « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मेक्सिकोमा गोली हानी १० जनाको हत्या


२६ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । मेक्सिकोमा गोली हानेर १० जनाको हत्या गरिएको छ। मेक्सिकोको एट्लिक्समा रहेको बस्तीको एक घरमा बुधवार गोली हानेर एकै घरका १० को ज्यान लिइएको प्रहरीले जनाएको छ।

मध्य मेक्सिकोको एट्लिक्सकोमा भएको सो हत्याकाण्डको अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ। उक्त सहरको एक निजी बस्तीमा भएको सो हत्याकाण्डमा तीन जना महिला पनि रहेका छन्।

पुएबला प्रान्तको न्यायाधिवक्ताको कार्यालयले सो घटनाको अनुसन्धान सुरु भएको र यसमा लागू औषधका कारोबारीहरूको हात रहेको अनुमान गरिएको बताएको छ। मारिएका नौ जनालाई नै टाउको, खुट्टा र छातीमा गोली हानिएको सो कार्यालयले जानकारी दिएको छ।

हत्या गरिएको सो घरको वरपर यसअघि पनि लागू पदार्थको किनबेच गर्ने गरिएको थियो। त्यसैले यो हत्याकाण्ड पनि लागू पदार्थको किनबेचमा संलग्न समूहरुको झगडाका कारण हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस