लुइँटेल तारागाँउ विकास समितिको सदस्य सचिवमा नियुक्त « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

लुइँटेल तारागाँउ विकास समितिको सदस्य सचिवमा नियुक्त


२५ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । सरकारले तारागाँउ विकास समितिको सदस्य सचिवमा नारद लुइँटेललाई नियुक्त गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बुधबार मन्त्रीस्तरीय निर्णयबाट लुइँटेललाई चार वर्षका लागि नियुक्त गरेका हुन् । उनले आज पदभार ग्रहण गरेका छन् ।

यसअघि पनि समितिको अध्यक्ष सहित सदस्य सचिवको जिम्मेवारी सम्हालेका लुइँटेल दुई वर्षअघि अवधि सकिएपछि बिदा भएका थिए ।

लुइँटेल नेतृत्वको समितिले अघिल्लो कार्यकालमा हायात ब्रान्डमा होटेल सञ्चालन गरिरहेको तारागाँउ रिजेन्सी होटल्स लिमिटेडको अनियमितता छानबिन गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस