मौसम पूर्वानुमान : आज मौसम सफा, भोलि चट्याङसहित वर्षा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मौसम पूर्वानुमान : आज मौसम सफा, भोलि चट्याङसहित वर्षा


२५ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली छ। बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भु–भागमा मौसम सामान्यतया सफा छ ।

दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आङ्कलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।

बिहीबार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा अपराह्नपछि एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

Tags :
प्रतिक्रिया दिनुहोस