एमसीसी संसदमा डिबेट भएर पास गरिएकाले चिन्ता गर्नुपर्ने अवस्था छैन : मन्त्री झाँक्री « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

एमसीसी संसदमा डिबेट भएर पास गरिएकाले चिन्ता गर्नुपर्ने अवस्था छैन : मन्त्री झाँक्री


२४ फाल्गुन २०७८, मंगलबार


काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसीसी पास गर्दैमा अमेरिकी प्राधिकरण नेपालमा लागू नहुने बताएकी छिन् ।

मन्त्री झाँक्रीले अरु धेरै देशले सो सम्झौंता स्वीकार गरेको स्मरण गराउँदै ती देशहरुले कुरा नबुझेको हो त ? भनी प्रश्नसमेत गरिन् ।

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले मंगलबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले विश्वका आधि दुनिँयामा एमसीसी लागू हुँदापनि हाम्रो देशमा भने सार्वभौमिकताको कुरा उठाएर चिन्तित भएको भन्दै आपत्ति जनाइन् ।

सरकारले स्विकार गरेर ल्याएको एमसीसी अनुदान सहायता भएको उल्लेख गर्दै उनले त्यसलाई मुलुकको सार्वभौमिकतासँग जोडेर हेर्न नहुने तर्क समेत दोहोर्‍याइन् ।

उनले भनिन्, ‘एमसीसी सरकारले स्विकार गरेर ल्याएको अनुदान हो, सहायता हो । यसलाई संसदमा डिबेट गरेर पास गरियो । अब हामीले गफ गरेजस्तै एमसीसी स्वीकार गर्दैमा अमेरिकन प्राधिकार यहाँ लागू हुने हो त ? त्यो हो भने त हामी भन्दा अर्को आधा दुनियाँ त हुन्छ भन्ने छ नि त । उनीहरुले के कुरा नबझुको हो ? हामी मात्रै सोभरेन्टीको लागि यति साहे चिन्तित भएको हो त ? त्यसो त नहोला ।’

मन्त्री झाँक्रीले एमसीसी संसदमा डिबेट भएर पास गरिएकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको पनि बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस