भक्तपुरमा घाँटी काटिएको अवस्थामा महिलाको शव फेला « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भक्तपुरमा घाँटी काटिएको अवस्थामा महिलाको शव फेला


२४ फाल्गुन २०७८, मंगलबार


काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बागरेमा एक महिलाको फेला परेको छ । तरकारी खेती हुँदै आएको जग्गामा बनाइएको टिनको कच्ची टहराभित्र परालले छोपेको अवस्थामा अन्दाजी ३५–४० बर्सिया महिलाको शव फेला परेको हो ।

घाँटी अगाडि भागमा गहिरो चोट लागेको अर्धनग्न अवस्थामा महिलाको शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी एवम् सूचना अधिकारी राजु पाण्डेले जानकारी दिए ।

टहरोमा शव रहेको जानकारी गए राति ९तः५० बजे पाएपछि महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी उपरीक्षक (एसपी) शिव कुमार श्रेष्ठको कमाण्डमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली गएको थियो ।

सो टोलीले घटनास्थल प्रकृति तथा लास जाँच मुचुल्का गरी पोस्टमार्टमको लागि केएमसी अस्पताल दुवाकोट पठाएको र थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस