२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘वास्तविक क्षेत्रलाई शेयर बजारमा ल्याउन प्रक्रिया थाल्छौँ’

अ+ अ-

काठमाडौँ । वास्तविक क्षेत्रलाई शेयर बजारमा ल्याउने लक्ष्यका साथ नेपाल धितो पत्र बोर्डले आवश्यक प्रक्रिया अगाडि बढाउने भएको छ ।

त्यस्ता कम्पनीलाई शेयर बजारमा सूचीकृत हुने वातावरण बनाउनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने बोर्डका अध्यक्ष रमेशकुमार हमालले जानकारी दिए ।

बोर्डले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा शेयर बजारको विस्तार र थप विकासका लागि पनि वास्तविक क्षेत्रका कम्पनीलाई सूचीकरणका लागि आवश्यक वातावरण बनाइने जानकारी दिए । नेपालको शेयर बजारमा बैङ्क तथा वित्तीय संस्था, जलविद्युत् कम्पनीको बोलवाला छ ।

वास्तविक क्षेत्रका कम्पनी आकर्षित भए पनि उल्लेख्य मात्रामा बजारमा सूचीकृत हुन सकेको छैन । संसारका विभिन्न देशमा वास्तविक क्षेत्रलाई विशेष प्राथमिकता दिएर शेयर बजारमा सूचीकृत गराइएका कारण बजार विस्तार भएको तथ्य पेस गर्दै अध्यक्ष हमालले त्यसका लागि के कस्ता प्रक्रिया अगाडि बढाउने भन्ने बारेमा आफूहरू लागिपरेको जानकारी दिए ।

ठुला लगानीकर्ता बजारमा आउँदा त्यसबाट अवसरको समेत विकास हुने र बजारको स्थायित्वमा समेत महत्त्वपूर्ण योगदान दिने भएकाले वास्तविक क्षेत्रलाई महत्त्व दिइएको उनको भनाइ छ । उनले भने, ‘रियल सेक्टरका कम्पनीलाई हामीले सूचीकरणमा ल्याउनुपर्ने छ । हामीसँगै एक हजार २०० बढी ठुला कर तिर्ने कम्पनी छन् । तर एकदमै न्यूनतम रूपमा मात्रै नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । हामीले ती कम्पनीलाई बजारमा भित्र्याउनका लागि बुक बिल्डिङको प्रक्रिया पनि अगाडि बढाउनुपर्छ ।’

वास्तविक क्षेत्रका नाफा कमाएका र सबल कम्पनी भए पनि उनीहरूलाई भित्र्याउन नसक्दा बजार विस्तार हुन नसकेकाले त्यसका लागि के कस्ता भूमिका निर्वाह गर्नुपर्ने बोर्ड तयार रहेको अध्यक्ष हमालको कथन छ ।

उनले शेयर कारोबार भएको दोस्रो दिनसम्म पनि राफसाफ नगर्ने धितो पत्र दलाल व्यवसायीलाई पनि कानुनी कारबाही हुने बताए ।

लगानीकर्ताको हितका लागि बोर्डका तर्फबाट हुन सक्ने जति सबै काम गरिने अध्यक्ष हमालले प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस