नोबेलका विद्यार्थीलाई पढ्ने वातावरण बनाउन संसदीय समितिको सरकारलाई निर्देशन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नोबेलका विद्यार्थीलाई पढ्ने वातावरण बनाउन संसदीय समितिको सरकारलाई निर्देशन


२३ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले विराटनगरको नोबेल मेडिकल कलेजका आन्दोलनरत १० विद्यार्थीलाई पढ्न सक्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ ।

सोमबार सिंहदरवारमा बसेको समितिको बैठकले २५ गतेभित्र वा ढिलोमा आगामी एक हप्ताभित्र विद्यार्थीहरूको समस्या समाधान गरेर उनीहरूलाई पढ्न सक्ने वातावरण बनाउन शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिएको हो ।

समितिको निर्देशन सुनाउँदै सभापति जय पुरी घर्तीले आगामी तीन महिना कलेजलेअतिरिक्त कक्षा सञ्चालन गरेर भए पनि विद्यार्थीहरूको कोर्स पूरा गरिदिनुपर्ने बताइन्।

उनले विद्यार्थीहरू पढ्न छोडेर अनसन बस्ने हदसम्म कलेजले पुर्‍याएको भन्दै तत्काल समस्या समाधान गरेर विद्यार्थीहरूलाई पढ्ने वातावरण बनाउन निर्देशन पनि दिइन् ।

नोबेल मेडिकल कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको विरोधमा आन्दोलनमा उत्रिएकामध्ये १० जना विद्यार्थीले नोबेल मै पढ्न आफूहरूलाई सुरक्षा खतरा रहेको भन्दै अर्को कलेजमा स्थानान्तरणको माग गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस