म्याग्दीमा ११ जलविद्युत् आयोजना बन्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

म्याग्दीमा ११ जलविद्युत् आयोजना बन्दै


२३ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । म्याग्दीका तीन वटा जलाधारमा कालीगण्डकी, म्याग्दी र राहुघाट खोलामा ३८८ भन्दा बढी मेगावाट क्षमताका १० जलविद्युत् आयोजना निर्माण भइरहेका छन् ।

म्याग्दी खोला जलाधारमा समेटिएका धौलागिरि र मालिका गाउँपालिकामा पर्ने म्याग्दी खोलामा ३, रघुगंगा गाउँपालिकामा पर्ने राहुघाटखोलामा ३ र काली गण्डकी जलाधारमा पर्ने अन्नपूर्ण गाउँपालिकामा ५ आयोजना बनिरहेका हुन् ।

सदरमुकाम बेनीबाट २४ किमी पश्चिम मालिका गाउँपालिका र धौवलागिरि गाउँपालिकाको सीमावर्ती फेदीमा बाँध निर्माण गरी ५ किमी लामो सुरुङबाट म्याग्दी खोलाको पानी ल्याई दुःखुबेंसीमा विद्युत् गृह बनाउने गरी दरबाङ म्याग्दी खोला जलविद्युत् आयोजनाले सुरुङका लागि अडिट निर्माण थालेको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेड मुख्य प्रवर्द्धक रहेको आयोजनामा प्रवासमा रहेका जिल्लावासीको ठुलो लगानी छ ।

‘प्रवासी म्याग्दीवासी र जिल्लावासीको लगानी रहेको दरबाङ म्याग्दी खोला जलविद्युत् निर्माण सुरु भएको छ,’ धौलागिरि कालिका हाइड्रो लिमिटेडका अध्यक्ष विनोद कुँवरले भने, ‘अब कामले तीव्रता लिन्छ । अहिले अडिटको काम थालेका छौँ । थप उपकरण ल्याउने क्रम सुरु गरेकाले छिट्टै ड्याम र टनेलको काम सुरु हुन्छ ।’

धवलागिरि गाउँपालिका ५ खाम्लामा ड्याम बनाई मालिका, ७ भारवाङमा विद्युत् गृह बन्ने अपर हाइड्रो लिमिटेड प्रवर्द्धक रहेको ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी खोला जलविद्युत् आयोजना र धवलागिरि ४ मुदीमा निर्माण हुने ५७।३ मेगावाटको म्याग्दी खोला जलविद्युत् आयोजनाले पनि धमाधम पहुँच मार्ग निर्माण गरिरहेका छन् ।

जिल्लाको बिच भागबाट रघुगंगा गाउँपालिका ३–८ वडा भित्र बग्ने राहुघाट खोलामा ४२ मेगावाटको राहुघाट, ४८‍‍.५ मेगावाटको अपर राहुघाट र ३५ मेगावाट क्षमताको मङ्गले राहुघाट जलविद्युत् आयोजना निर्माणाधीन छन् । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको राहुघाट जलविद्युत्को हालसम्म ३५ प्रतिशत काम भएको आयोजनाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस