वामपन्थी नेता कृष्णराज वर्माको निधन « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

वामपन्थी नेता कृष्णराज वर्माको निधन


२३ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । वामपन्थी नेता कृष्णराज वर्माको निधन भएको छ।

९३ वर्षीय वर्माको आइतबार ह्याम्स अस्पतालमा निधन भएको माओवादी नेता गणेश साहले जानकारी दिए।

उनलाई छातीको सङ्क्रमण थियो।

वामपन्थी नेता वर्मा २००७ सालको राणा विरोधी आन्दोलनमा सहभागी थिए।

उनी २०४६ सालको जनआन्दोलनका एक प्रमुख नेता समेत हुन्। वर्मा नेतृत्वको नेकपा पञ्चायत विरोधी आन्दोलनमा वाम घटकमा सामेल थियो।

Tags :
प्रतिक्रिया दिनुहोस