अमेरिकामा आँधीका कारण कम्तीमा छ जनाको मृत्यु « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

अमेरिकामा आँधीका कारण कम्तीमा छ जनाको मृत्यु


२२ फाल्गुन २०७८, आइतबार


वासिङ्टन । अमेरिकी राज्य आयोवाको म्याडिसन काउन्टीमा शनिबार आएको आँधीका कारण चार वयस्क र दुई बालबालिकाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

एक पत्रकार सम्मेलनमा आँधीले कम्तीमा चार अन्य वयस्कहरू घाइते भएका र घर र सम्पत्ति दुबैमा व्यापक क्षति पुर्‍याएको काउन्टीको आपतकालीन व्यवस्थापन निर्देशकले बताएका छन् ।

‘केन्द्रीय आयोवाको लागि सबैभन्दा खराब समय समाप्त भएको छ । तूफानहरू पूर्वतिर सर्दै छन् ।’ राष्ट्रिय मौसम सेवा डेस मोइन्सले साँझ ७ः३० मा ट्विट गरेर जानकारी दिएको छ ।

आइतबारको क्षतिको राम्ररी अनुसन्धान गरिने बताइएको छ । यो आँधी समुदायको लागि धेरै विनाशकारी रहेको र उद्धार प्रयासहरू रातभर जारी रहने सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

आयोवाका गभर्नर किम रेनोल्ड्सले म्याडिसन काउन्टीको लागि प्रकोप घोषणा जारी गरेका छन्। यसले राज्य स्रोतहरूलाई अवस्था सुधार्नको लागि सहयोग र प्रयोगको अनुमति दिन्छ ।

‘हाम्रो हृदय आज राज्यमा आएको घातक आँधीबाट प्रभावित सबैप्रति भावुक भएको छ ।’ रेनोल्ड्सले एक विज्ञप्तिमार्फत भनेका छन् ।

गत डिसेम्बरमा आएको दर्जनौँ विनाशकारी आँधीबेहरीले अमेरिकाको पाँच वटा राज्यहरूमा प्रभावित भएको थियो ।

यस आँधीमा परी केन्टकी, टेनेसी, अर्कान्सास, मिसौरी र इलिनोइसमा ७७ जनाको मृत्यु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस