संसद् भङ्ग गरेर निर्वाचनमा जाऔँ : अध्यक्ष नेपाल « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

संसद् भङ्ग गरेर निर्वाचनमा जाऔँ : अध्यक्ष नेपाल


२२ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद् भङ्ग गरेर निर्वाचनमा जानुपर्ने बताएका छन् ।

आज (आइतबार) प्रतिनिधिसभा बैठक सुरु हुनुअघि संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले संसद् भङ्ग गरेर तीनै तहको निर्वाचन गर्नेमा जानुपर्ने बताएका हुन् ।

संसदमा एमालेले अवरुद्ध गरेर हैरान पारेको भन्दै अध्यक्ष नेपालले भङ्ग गरेर निर्वाचनमा जानु पर्ने धारणा राखेका हुन् ।

संसदमा केपी ओली कति सहने । एमालेले हाउस चल्न पनि नदिने, भत्ता खाइरहने, हामीलाई पनि हैरान पार्ने, नेपालले भने, त्यसैले अब संसद् भङ्ग गर्ने, संसद् पनि रहन्न यो वितण्डा पनि रहन्न । अब सबै निर्वाचनमा जाऔँ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस