तीन लाख ८५ हजारसहित इमाडोलबाट २४ जुवाडे पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

तीन लाख ८५ हजारसहित इमाडोलबाट २४ जुवाडे पक्राउ


२२ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । प्रहरीले तीन लाख ८५ हजार तीन सय ३० रुपैयाँसहित जुवातास खेल्नेहरूलाई पक्राउ गरेको छ।

ललितपुरको महालक्ष्मी नगरपालिका ४ डामाडोल सेती पाखाबाट शनिवार बेलुकी नगदसहित जुवा तास खेल्नेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

एकबहादुर रानाको टहराभित्र जुवा तास खेलेको सूचनापछि प्रहरी पुगेको थियो। गोरखा घर भई हाल डामाडोल बस्ने ३३ वर्षका तेजबहादुर थापासहित २४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस