२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोही नभएकाको सहारा बन्दै कोसी गाउँपालिका

अ+ अ-

इनरुवा । सुनसरीको कोसी गाउँपालिका–२ का २१ वर्षीया सम्झना कुमारी मण्डलको आमाबुबा छैन । नौ वर्ष अगाडि बुबा र चार वर्ष अगाडि आमाको मृत्यु भएको सम्झनाको आर्थिक अवस्थासमेत दयनीय रहेको छ ।

आमाबुबा नभएपछि सम्झना काकाको शरणमा बस्दै आएकी थिइन । दिदीबहिनी गरेर पाँच छन् । परिवारको सबै सदस्यको आर्थिक अवस्था कमजोर भएका कारणले सम्झनाको बिहे गर्ने उमेर हुँदा पनि कसरी विवाह गर्ने भने चिन्ताले सबैलाई सताइरहेको थियो । तर कोसी गाउँपालिकाको कार्यालयले सम्झनाको विवाहमा सबै खर्च दिएपछि मण्डल परिवार खुसी भएका छन् ।

आर्थिक अवस्था कमजोर भएका परिवारलाई पछिल्लो समय कोसी गाउँपालिकाले निःशुल्क विवाह गरिदिएपछि अहिले त्यस क्षेत्रका गरिब, अति विपन्न र न्यून आय भएका परिवारले छोरीको कसरी विवाह गर्ने भने चिन्ताबाटमुक्त हुँदै गएको छ । गाउँपालिकाको कार्यालयले आर्थिक वर्ष २०७६/७७ सालदेखि ‘सामूहिक विवाह कार्यक्रम’अन्तर्गत उमेर पुगेका र आर्थिक अवस्था कमजोर भएका परिवारलाई गाउँपालिकाको खर्चमा विवाह गर्ने कार्यक्रम सञ्चालन गरेपछि धेरै खुसी भएको सम्झनाका काका शम्भु मण्डलले बताए ।

कोसी गाउँपालिकाको अध्यक्ष अयुव अन्सारीको विषयमा विभिन्न किसिमको जातीय अफवाह फैलाएको भए पनि जनप्रतिनिधि भएपछि उहाँमा कुनै किसिमको जातीय विभेद नभएको र सबैको साझा अध्यक्ष भएको जस्तो महसुस भएको उनको भनाइ छ ।

पछिल्लो समय कोसी गाउँपालिकाले सुरु गरेको सामूहिक विवाह कार्यक्रम निकै प्रभावकारी रहेको र आउने दिनमासमेत यस कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा कोसी गाउँपालिका– २ का समाजसेवी ध्यानी मण्डलले बताए ।

आर्थिक अवस्था कमजोर भएका व्यक्तिको उमेर पुगेका छोरीका लागि यस कार्यालयले ल्याएको सामूहिक विवाह कार्यक्रम उदाहरणीय भएको र आउने दिनमा सबै वर्गलाई समेटने गरी यस्ता किसिमको कार्यक्रमलाई अगाडि बढाउनुपर्ने स्थानीय समाजसेवी कुसुमलाल मण्डलले बताए ।

कोही नभएका परिवारलाई महसुस नहोस् की मेरो कोही छैन भनी गाउँपालिकाले गरेको कार्यक्रम सराहनीय रहेको र आउने दिनमा सबै वडामा यस्ता किसिमको कार्यक्रमलाई निरन्तरता दिनुपर्ने स्थानीयवासी सदानन्द मण्डलले बताए ।

आफूहरूले चारदेखि पाँच जनासम्मको जोडीलाई एकै ठाउँमा राखेर सामूहिक विवाह गर्ने उद्देश्यले यो कार्यक्रम ल्याएको भए पनि विशेष गरेर तराई–मधेस क्षेत्रमा आफ्नै घरमा विवाह गर्न मन पराउने गरेको भए पनि घरमै विवाह गर्नेलाई गाउँपालिकाको सहयोग उपलब्ध गराउँदै आएको गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीले बताए । विवाह गर्नका लागि जसलाई आर्थिक अवस्था कमजोर छ, त्यसको सहारा कोसी गाउँपालिका रहेको अध्यक्ष अन्सारीको भनाइ छ ।

पछिल्लो समय गाउँपालिकाले ल्याएको सामूहिक विवाह कार्यक्रमको चौतर्फी सराहना भइरहेको छ, भने यस्ता किसिमको कार्यक्रमले आर्थिक अवस्था कमजोर भएको समुदायले उमेर नपुगेर गर्ने बालविवाहलाई रोक्नका लागिसमेत मद्दत पुगेको सरोकारवालाले बताएका छन् ।

त्यसैले गाउँपालिकाले टुहुरा, अति विपन्न, आर्थिक अवस्था कमजोर भएर विवाह गर्नबाट वञ्चित भएका छोरीहरूका लागि ल्याएको सामूहिक विवाह गर्ने कार्यक्रमबाट अन्य पालिउकालेसमेत पाठ सिक्न जरुरी रहेको स्थानीय सरोकारवालाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस