पेट्रोलियम पदार्थको ढुवानी भाडा समायोजन गर्न व्यवसायीको माग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पेट्रोलियम पदार्थको ढुवानी भाडा समायोजन गर्न व्यवसायीको माग


२१ फाल्गुन २०७८, शनिबार


काठमाडौँ । व्यवसायीहरूले पेट्रोलियम पदार्थ ढुवानीमा लाग्ने खर्च समायोजन गर्न माग गरेका छन् । पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढेको र ढुवानी खर्च बढेकोभन्दै खर्च समायोजन गर्न माग गरेका हुन् ।

नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन, नेपाल ढुवानी व्यवसायी महासङ्घ र नेपाल एलपी ग्यास उद्योग सङ्घले ढुवानी भाडा समायोजन गर्न माग गरेका हुन् । उनीहरूले १५ दिन भित्र आफ्नो माग पुरा गर्न सरकारलाई दबाब समेत दिएका छन् ।

यसअघि पनि पटक–पटक भाडा समायोजन गर्न माग गरे पनि सरकारले सुनुवाइ नगरेको उनीहरूको भनाइ छ । त्यसैले सरकारले यस पटक आफ्नो माग जुनसुकै हालतमा सुनुवाइ गर्नुपर्ने व्यवसायीहरूको माग छ ।

पछिल्लो समय निरन्तर बढ्दै गएको पेट्रोलियम पदार्थको मूल्य घटाउन भन्दै निगमले यसअघि प्रतिशतमा दिँदै आएको कमिसन कटौती गर्ने निर्णय गरेको थियो । सोही निर्णयपछि व्यवसायीहरू पेट्रोलियम पदार्थ खरिद बन्दै गरेर आन्दोलनमा उत्रिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस