आफ्ना नागरिकहरूलाई रसिया छोड्न फ्रान्सको आग्रह « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आफ्ना नागरिकहरूलाई रसिया छोड्न फ्रान्सको आग्रह


१९ फाल्गुन २०७८, बिहिबार


पेरिस । फ्रान्सले बिहीबार आफ्ना नागरिकहरूलाई युक्रेनमा मस्कोको आक्रमण र रुस र युरोपेली सङ्घबिचको हवाई क्षेत्र बन्द गरेपछि उनीहरूको उपस्थिति आवश्यक नभएको खण्डमा रसिया छोड्न कडा आग्रह गरेको छ ।

‘रुसले युक्रेनमा गरेको आक्रमण र अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाएको सन्दर्भमा हामीले आफ्नो सतर्कता बढाउनुपर्छ,’ विदेश मन्त्रालयले आफ्नो वेबसाइटमा लेखेको छ । मन्त्रालयले फ्रान्सेली नागरिकहरूलाई रुसमा रहेको आफ्नो दूतावासको वेबसाइटमा फ्रान्सको लागि ‘अप्रत्यक्ष’ उडानहरूको ‘गैर–विस्तृत’ सूचीको लागि इयु सदस्य राष्ट्रहरूले रुसी विमान र सेवाहरूको लागि आफ्नो एयर स्पेस बन्द गरेपछि फ्रान्सले सो आग्रह गरेको छ ।

त्यहाँ धेरै कम उडानहरू रहेका र जो मानिसहरूसँग रसियामा रहन बिलकुल आवश्यक कारण छैन उनीहरूले छोड्ने छनौट गर्नुपर्ने विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन् । फ्रान्सेली सरकारले आफ्ना नागरिकहरूलाई रुसको कुनै पनि यात्रा स्थगित गर्न आग्रह गरेको छ ।

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमाथि गत फेब्रुअरी २४ देखि सैन्य आक्रमण सुरु भएको घोषणा गर्नुभएको थियो । टेलिभिजनबाट प्रत्यक्ष सम्बोधन गर्दै राष्ट्रपति पुटिनले युक्रेनको पूर्वी क्षेत्रमा आक्रमण केन्द्रित गरिएको र त्यो रसियाको आत्मरक्षाका लागि भएको दाबी गरेका थिए । तर रुसी सेनाले राजधानी किभलगायत अन्य विभिन्न स्थानमा पनि आक्रमण गरेको पाइएको छ ।

आठ वर्षअघि १८ मार्च २०१४ मा युक्रेनको पूर्व–दक्षिण क्षेत्रमा अवस्थित सामरिक महत्त्वको क्राइमियालाई रसियामा गाभेको रसियाले फेरि पूर्वी युक्रेनका डोनबास क्षेत्र, डोनेस्क, लुहान्स्कलाई केही दिनअघि स्वतन्त्र राज्य घोषणा गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस