नारायणमान बिजुक्छे र विप्लवबिच भेटवार्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नारायणमान बिजुक्छे र विप्लवबिच भेटवार्ता


१८ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बिच भेटवार्ता भएको छ ।

बुधवार (आज) दिउँसो बिजुक्छेलाई भेट्न विप्लव पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई लिएर भक्तपुर पुगेका थिए ।

भेटवार्तामा नेमकिपाका सांसद प्रेम सुवालसमेत सहभागी थिए । बिजुक्छे र विप्लवबिच नेपाली राजनीतिको पछिल्लो अवस्था र एमसीसीलगायतका विषयमा कुराकानी भएको विप्लव सचिवालयले जानकारी दिएको छ ।

पछिल्लो समय बिजुक्छे राजनीतिक रूपमा त्यति सक्रिय छैनन् तर विप्लव भने अहिले राजनीतिक भेटघाट तीव्र पारिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस