स्थानीय तहको निर्वाचनलाई सहयोग पुर्‍याउन आग्रह « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

स्थानीय तहको निर्वाचनलाई सहयोग पुर्‍याउन आग्रह


१८ फाल्गुन २०७८, बुधबार


हुम्ला । कर्णाली प्रदेशका वन तथा वातावरण उद्योग ऊर्जा मन्त्री छिरिङ दम्डुल लामा कार्चेनले आगामी स्थानीय तहको निर्वाचनलाई सहयोग पुर्‍याउन आग्रह गरेका छन् ।

सिमिकोटस्थित जिल्ला सदरमुकाममा रहेका सरकारी कार्यालयका प्रमुखलाई आज निर्देशन दिँदै उनले कार्यालयमा आउने सेवाग्राहीलाई ‘भोलि नभन्न’ निर्देशन समेत दिए । सो अवसरमा प्रमुख जिल्ला अधिकारी सीता परियारले जिल्लाका वस्तुस्थितिका बारेमा जानकारी गराए ।

यसैबिच, नेपाल नेत्र ज्योति सङ्घ जिल्ला शाखा हुम्लाको छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सिमकोट गाउँपालिका कार्यवाहक अध्यक्ष बली रावतले आँखा उपचार सेवामा सङ्घको गतिविधिको सह्ना गरे ।

सङ्घ जिल्ला शाखाका सभापति नरबहादुर रोकायाको अध्यक्षतामा उक्त सभा सम्पन्न भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस