प्रचण्डसँग असन्तुष्ट नारायणकाजी र विप्लवबिच भेटवार्ता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रचण्डसँग असन्तुष्ट नारायणकाजी र विप्लवबिच भेटवार्ता


१८ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । एमसीसीका कारण पार्टीभित्र गहिरो मतभेद राख्दै आएका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपामा महासचिव नेत्रविक्रम चन्द विप्लवबिच भेटवार्ता भएको छ ।

श्रेष्ठलाई भेट्न विप्लव बुधवार बिहान श्रेष्ठ निवास हात्ती वन पुगेका थिए । भेटमा प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन गर्न माओवादी केन्द्रको नेतृत्वले जबरजस्ती गरेको भन्दै राष्ट्रवादको पक्षमा रहेकाहरू एकजुट हुनुपर्ने विषयमा कुराकानी भएको नेताहरूले बताएका छन् ।

यसअघि मङ्गलवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि श्रेष्ठलाई भेट्न उनको निवास पुगेका थिए । भेटमा प्रचण्डले एमसीसीमा देखिएको मतभेद कायमै राखेर अरू विषयमा मिलेर जान प्रस्ताव गरेका थिए । तर श्रेष्ठले भने आफूहरूले पार्टी विभाजनको बारेमा सोचिन सकेको भए पनि अध्यक्षले नै निस्केर जाने भए जाओ भनेर सार्वजनिक रूपमै भनेको भन्दै गुनासो गरेका थिए ।

एमसीसी सांसदबाट अनुमोदन भएपछि श्रेष्ठसहित माओवादी केन्द्रका असन्तुष्ट नेताहरूले छलफल तीव्र पारेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस