प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच युक्रेन संकटबारे कुराकानी « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच युक्रेन संकटबारे कुराकानी


१८ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन वार्ता भएको छ ।

विदेश मन्त्री एन्टोनीले बताए अनुसार मङ्गलवार साँझ भएको टेलिफोनमा युक्रेन सङ्कटका विषयमा प्रधानमन्त्री देउवासँग कुराकानी भएको थियो । रुसले युक्रेनमा गरेको आक्रमणको विषयमा कुरा गरेको एन्टोनीले ट्विटरमार्फत जानकारी दिएका छन् ।

‘रुसले युक्रेनमाथि गरेको अप्रत्याशित आक्रमण र युक्रेनको सार्वभौमसत्ता र अखण्डताको लागि हाम्रो समर्थनको बारेमा छलफल भयो’ एन्टोनीले ट्विट गरेका छन्, ‘हामी आर्थिक विकास र क्षेत्रीय चुनौतीहरूमा सँगै मिलेर काम गर्नेछौँ ।’ उनले भनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस